२०३५ फाल्गुन १४               शिवा- ४ पाँचथरमा जन्म,

माता – भद्रिमाया र पिता स्व. कर्ण बहादुर ।

२०४० चैत्र                छातेढुँगा २, भित्रिया आठराई बसाई सराइ ।

२०४७ जेठ               जलथल ७, झापा बसाई सराइ ।

२०५७ मंसिर           तारादेवी दर्नाल संग बिबाह , सन्तान – १ छोरी / १ छोरा

राजनीति क्षेत्र

२०४८                       तत्कालीन नेकपा एमालेको जनसंगठन अनेरास्ववियु महेन्द्र मा.वी . जलथलको प्रा.क. मा संगठित ।

२०५१ पौष               तत्कालिन नेपाल उत्पीडित दलित जातीय मुक्त्ति समाज जलथल गाउँ कमिटीमा संगठित ।

२०५२                       तत्कालिन नेकपा एमालेको साधारण सदस्यता प्राप्त ।

२०५४ बैशाख          तत्कालिन नेपाल उत्पीडित दलित जातीय मुक्त्ति समाज झापा जिल्ला कमिटीको सदस्यमा निर्वाचित ।

२०५५ भाद्र २८       तत्कालिन नेकपा एमालेको संगठित सदस्यता प्राप्त ।

  २०५५                तत्कालीन नेकपा एमालेको जनसंगठन अनेरास्ववियुको मेची बहुमुखी क्याम्पस प्रा.क. को सदस्यमा निर्वाचित।

२०५५                  तत्कालिन नेकपा एमालेले घोषित गरेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्त्ति समाज झापा जिल्ला कमिटीको सह-सचिव निर्वाचित ।

२०५५ माघ           तत्कालिन नेकपा एमाले अनारमनी गाउँ कमिटिको कार्यालय सचिव ।

२०५६ बैशाख        तत्कालिन नेपाल उत्पीडित जातीय मुक्त्ति समाज झापा जिल्ला कमिटीको सचिव निर्वाचित ।

२०५६ फाल्गुन        नेपाल रास्ट्रीय उत्पीडित विद्यार्थी संगठनको झापा जिल्ला अध्यक्षमा निर्वाचित ।

२०५७ पौष            नेपाल रास्ट्रीय उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा निर्वाचित ।

२०६१                   तत्कालिन नेकपा एमालेको इलाका कमिटि सदस्यको जिम्मेवारी प्राप्त ।

२०६२ भाद्र २६       नेपाल उत्पीडित जातीय मुक्त्ति समाज झापा जिल्ला कमिटीको अध्यक्ष निर्वाचित ।

२०६४ भाद्र              तत्कालिन नेकपा एमालेको जिल्ला कमिटि सदस्यको जिम्मेवारी प्राप्त ।

२०६७                       तत्कालिन नेकपा एमाले मेची अंचल कमिटिको प्रचार विभागको सचिव ।

२०६८ फाल्गुन        तत्कालिन नेकपा एमालेको रास्ट्रिय प्रतिनिधि परिषदको सदस्यको जिम्मेवारी प्राप्त तथा मेची अंचल समन्वय कमिटिको सदस्यको जिम्मेवारी प्राप्त ।

२०७२                         तत्कालिन नेकपा एमालेको प्रदेश कमिटिको सदस्यको जिम्मेवारी ।

२०७५ चैत्र                हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं – १ प्रदेश कमिटिको सदस्यको जिम्मेवारी ।

सामाजिक क्षेत्र

२०६० असार ८       उत्पीडित अधिकार मंच नेपाल झापाको स्थापना तथा संस्थापक अध्यक्ष ।

२०६२                       पुर्वान्चल दलित नेटवर्कको महासचिव ।

२०६६ आश्विन         मदन भण्डारी फाउन्डेसन झापाको सचिवालय सदस्य तथा कार्यालय सचिव

२०६६                       गैरसरकारी संस्था महासंघ झापाको सचिव ।

सार्वजनिक क्षेत्र

२०६५ साल पौष देखि ६६ आषाढ सम्म दलित वर्ग उत्थान जिल्ला समन्वय समिति झापाको उपाध्यक्ष ।

२०७४ श्रावण            विर्तामोड नगर कार्यपालिका सदस्यमा निर्वाचित ।

२०७४ श्रावण ३२     गते जिल्ला समन्वय समिति झापाको प्रमुखमा निर्विरोध निर्वाचित ।