झापामा एक जिल्ला एक उत्पादन अन्तर्गत झोला बनाउने कार्यक्रम उद्घाटन

एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत झापामा झोला बनाउने कार्यक्रम सञ्चालन गरिएको छ । घरेलु तथा साना उधोग कार्यालय झापाको आयोजनामा अर्जुनधारा ११ र मेचीनगर १२ मा झोला बनाउने कार्यक्रम शुरु गरिएको हो । दुवै ठाउँको कार्यक्रम बिहीवार उद्घाटन भएकाे हाे । माघ १३ देखी सुरु भएकाे उक्त एक महिने तालिमकाे जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले उद्घाटन गर्नु भएकाे हाे ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख पोर्तेलले पुँजी र प्रविधिकै व्यवस्था गरिएको हुँदा सीप सिकाईमा ध्यान दिन आग्रह गर्नु भयाे। वहाँले तालिम लिने र उत्पादनसँग नजोडिने भए कार्यक्रममा सरिक नहुन सूझाव दिनु भयाे । प्लाष्टिकका झोला विस्थापन गर्ने उद्देश्यले कागजका झोला उत्पादनका लागि कार्यक्रम आयोजना गरिएको पोर्तेलको भनाई थियाे ।

१० लाख रुपैयाँ बजेटमा दुई ठाउँ कार्यक्रम आयोजना गरिएको घरेलुका प्रमुख अधिकारीले जानकारी दिनु भयाे । अधिकारीका अनुसार झोला सिलाउने मेसिन, आवश्यक प्राविधिक सामग्री र झोला बनाउने कच्चा पदार्थ समेत प्रदान गरिएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *