E-Bidding आह्वानको सुचना

जिल्ला समन्वय समितिको कार्यालय
भद्रपुर, झापा
१ न. प्रदेश

E-Bidding आह्वानको सुचना

ठेक्का नं; DCC/NCB/Works/1/2077/78
प्रथम पटक प्रकाशित मिति: २०७७/०७/०३

यस समितिको कार्यालय भवन मर्मत संभार लगायतका  कार्य E-Bidding को माध्यमबाट सम्पन्न गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण व्यवसायीबाट निम्न शर्तहरुको अधिनमा रही E-Bidding को माध्यमबाट बोलपत्र पेश गर्न यो सुचना प्रकाशन गरिएको छ ।

१.  तपशिलमा उल्लेखित यस कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक सञ्चित कोषको खाता नं ख–छ २२१०१००१०२०६०००० मा नगद जम्मा गरेको सक्कल बैँक भौचर सहित निर्माण व्यवसायीले व्यवसाय नवीकरण भएको इजाजत पत्र, मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.व २०७५।७६ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी धधध।दयउिबतचब।नयख।लउ  बाट यो सुचना प्रथम पल्ट प्रकाशित भएको ३१ औ दिनको १२ बजे सम्म यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, बोलपत्र दाताको नाम, ठेगाना र फोन नं समेत स्पष्ट खुलाइ फर्मको छाप लगाई अपलोड गर्नुपर्ने छ ।

२.  अपलोड भएको बोलपत्र अन्तिम दर्ता गर्नुपर्ने दिनको २ बजे कार्यालयका प्रतिनिधिहरु र बोलपत्र दाता वा निजका प्रतिनिधिहरुको  बरेमा यस कार्यालयमा खोलिने छ । बोलपत्र दाता वा निजका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्यमा कुनै बाधा पर्ने छैन ।

३.  बोलपत्र खुल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगतै पछि कार्यालय खुलेको दिन सोहि बमोजिम हुनेछ ।

४.  बोलपत्र जमानत को.ले.नि.का झापाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक भद्रपुर शाखाको धरौटी खाता नं. २२१०१००१०२०३०००० मा नगद जम्मा गरेको सक्कल बैँक भौचर वा सो बराबरको नेपाल राष्ट्र बैँक बाट ‘क’ बर्गको मान्यता प्रप्त बैँक बाट वा कुनै बाणिज्य बैँकबाट यस कार्यालयको नाममा जारी भएको कार्य प्रयोजन एवम ठेक्का नं. अनिवार्य रुपमा उल्लेख भएको बोलपत्र जमानत (बोलपत्र दाखिला गर्ने अन्तिम मिति बाट १२० दिन सम्म म्याद भएको ) पेश गर्नु पर्नछ ।

५.   बोलपत्र दाताले बोलपत्र दर रेट भर्दा मुल्य अभिबृद्दि कर बाहेकको दररेट उल्लेख गर्नु पर्नेछ । बोलपत्र प्रत्येक आइटमबाईज दर अंक र अक्षर दुबैमा स्पष्ट लेखि प्रत्येक पानामा सहि छाप गरेको हुनु पर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

६.  आर्थिक पक्षहरु बोलपत्र सम्बन्धि कागजात उल्लेख भए अनुसार पेश गर्नु पर्नेछ । संयुत्त उपक्रमको हकमा मुख्य साझेदार  (lead partner)  को हिस्सा कम्तिमा ४०% तथा अन्य साझेदारको हिस्सा कम्तिमा २५% हुनु पर्नेछ ।

७.  बोलपत्र सम्वन्धी अन्य कुनै कुरा बुझ्नु परेमा यस कार्यालयको मोबाइल नं. ९८५२६८८२२२ मा सम्पर्क गर्न सकिने छ ।

८.  नक्कली कागजात पेश गरि वा मिलेमतो गरि बोलपत्रमा भाग लिएको पाइएमा सो बोलपत्र रद्द गरी कालो सुचिमा समावेश गर्न सम्बन्धित निकायमा सिफारिस गरिने छ । म्याद नाघि आएको, रीत नपुगेको र सःशर्त पेश भएको बोलपत्रहरु मान्य हुने छैन ।

९.  बोलपत्रदातालई बोलपत्र पेश गर्नु अगाडी आफ्नै खर्च र जिम्मेवारीमा कामको स्थलगत भ्रमण गरि कामको बारेमा जानकारी लिन अनुरोध गरिन्छ साथै Pre-bid Meeting सुचना प्रकाशन भएको २० औँ दिन यस कार्यालयमा दिनको २ बजे हुनेछ ।

१०. बोलपत्र स्वीकृत गर्ने, रद्द गर्ने र आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ । यस सुचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ को सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानुन अनुसार हुनेछ ।

११. यो सुचना सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np  र यस कार्यालयको वेबसाइट www.dccjhapa.gov.np मा हेर्न सकिनेछ ।

क्र.संविवरणल.इ रकम (मु.अ.कर र कन्टिन्जेन्सी सहित)धरौटी रकमबोलपत्र दस्तुरकिसिमकैफियत
१.कार्यालय  भवन मर्मत संभार लगायतको कार्यरु. १,१५,७८,१२८.३२ । –रु.३,००,०००।–रु.३,०००E-Bidding

Similar Posts